राजनीति

पार्टी जोगाउन एमसीसी पारित गर्नुपर्यो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले नै राष्ट्रघाती करार गरेको एमसीसी सम्झौता पारित गर्नुको कारण पार्टी जोगाउन रहेको बताउनुभएको छ ।

आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवदन पश गर्दै अध्यक्ष नेपालले आफूहरुले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न साथ नदिएको भए नेपाली कांग्रेस र नेकपा एमाले मिलेर एमसीसी सम्झौता पारित गर्ने र आफ्नो पार्टीको अस्तित्व नै समाप्त पार्ने जोखिम रहेको बताउनुभएको हो ।

अध्यक्ष नेपालले बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै एमसीसीको विपक्षमा रहेको भए सत्तारुढ गठबन्धन तोडेर कांग्रेस र एमालेले एमसीसी जस्ताको तस्तै पारित गर्ने, आफूहरुको १४ सांसदलाई कारबाही गर्ने र पार्टीको अस्तित्व नै समाप्त पार्ने जोखिम रहेको बताउनुभएको हो ।

उहाँले आफूहरुले त्यसो नगरेको भए नेका र एमाले मिलेर पाँचदलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई हटाउने र हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गर्ने गरी नेका र एमाले मिलेर एमसीसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन गर्ने तयारी गरेको पनि बताउनुभयो ।

प्रतिवेदनमा कांग्रेस र एमाले मिलेको अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई हटाइने र हाम्रो पार्टीका १४ सांसदलाई कारबाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्दथे । हामीले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौं ।

अध्यक्ष नेपालले एमसीसी सम्झौताका ११ बुँदा आपत्तिजनक रहेको र त्यसलाई व्याख्यात्मक घोषणासहित पारित गर्नुलाई वैकल्पिक बाटो लिएको बताउनुभएको हो ।

प्रतिवेदनमा नेपालले एमसीसी सम्झौताको सुरुआती चरणमा संसदबाट पारित गर्ने कुरा उल्लेख नभएको तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले संसबाटट पारित गर्नुपपर्ने व्यवस्था राखेको पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button