राजनीति

माधव नेपाललाई समवेदना दिन अध्यक्ष ओली शङ्खमूलमा

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समवेदना दिनुभएको छ ।

माधव नेपाललाई समवेदना दिन अध्यक्ष ओली शङ्खमूलमा

बुधबार दिउँसो शङ्खमूलस्थित किरियापुत्री भवनमा पुग्नु भई अध्यक्ष ओलीले नेपाललाई भेटेरै समवेदना दिनुभएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालका भाइ तथा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको शनिबार भएको दुःखद् निधनमा अध्यक्ष ओली समवेदना दिन त्यहाँ पुग्नुभएको थियो । शङ्खमूलस्थित बबिन्स क्याफेको छैटौँ तलाबाट खसेर गम्भीर घाइते हुनुभएका उपाध्यायको उपचारका क्रममा शनिबार निधन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.