जापान

गैरेको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण

निमोनिया र मुटुको समस्याबाट पीडित टोकियो निवासी ग्रस्त श्याम शर्मा गैरेको उपचारमा निलुवा समाज जापानको सक्रियतामा संकलन गरिएको आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

समाजका अध्यक्ष भक्तबहादुर खत्री लगायत कार्यसमितिका सदस्यहरुको सक्रियतामा जापानमा क्रियाशील संघसंस्था संकलन गरिएको ८ लाख ६३ हजार येन हस्तान्तरण गरिएको हो ।

सो सहयोग संकलनका लागि बिहुकोट समाज जापानका कोषाध्यक्ष रामु कँडेल तथा मिलन केसीको अथक प्रयास गरेका थिए ।

हाल टोकियोमा काम गर्दैआएका गल्कोट चमुवा निवासी श्याम शर्मा गैरे यतिबेला निमोनियाका साथै मुटुमा समस्या देखिएपछि एक महिनायता चिवाकेन अस्पतालको आईसियूमा उपचार गराइरहनुभएको छ । उहाँको उपचारका लागि संकलित रकम सोमबार हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरणका क्रममा मिलन केसी, रमेश खत्री, कृष्णप्रसाद सुवेदी, थमबहादुर क्षेत्री, विष्णुप्रसाद सुवेदी, श्याम शर्मा, पवित्रा सुवेदी, माया खत्री, रामु कँडेल, रामु सुवेदी, टिमलाल सुवेदी, तुलबहादुर खत्रीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.