जन सरोकार

पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेकेदार भेटवालद्वारा प्रहरी समक्ष आत्मसमर्पण

काठमाडौंको पुरानो बसपार्कमा भ्यू टावर बनाउने ठेक्का पाएका जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीका मालिक मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।



पाटन उच्च अदालतले एक महिनाअघि पक्राउ पुर्जी जारी गरेका ठेकेदार भेटवालले मंगलबार विहान आत्मसमर्पण गरेका हुन् ।

बैंकिङ कसुर मुद्दामा अदालतले पक्रन पुर्जी दिएपछि फरार रहेका उनी यसअघि उनी एपेक्स बैंक घोटालामा पनि मुछिएका थिए ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार मंगलबार बिहान साढे ८ बजेतिर महानगरीय प्रहरी परिसर टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेका हुन् ।

सम्बन्धित खबर

Back to top button