राजनीति

खनाल ओली सरकार जोगाउने प्रयासमा लाग्ने, बादललाई उपाध्यक्ष बनाउने ओलीको तयारी

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण सर्वोच्च अदालतले उल्टाएर पूर्ववत अवस्थामा ल्याइदिएपछि ओलीबिरुद्ध संघर्षमा उत्रिएर प्रचण्डतिर गएका नेकपा एमालेका नेता झलनाथ खनालले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताउनुभएको छ ।



बुधबार संसद बैठकबाट बाहिरिँदै खनालले अहिले नेकपा एमालेको सरकार रहेको र यसैलाई जोगाउनतिर लाग्ने बताउनुभएको हो ।

यसैबीच एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी पार्टी अस्तित्वमा आए पनि प्रचण्डतिर नजाने निर्णय गरेपछि एमालेको उपाध्यक्ष बनाउने र अन्य माओवादी नेताहरुलाई सम्मानजनक स्थान दिने तयारी गर्नुभएको छ ।

तत्कालीन नेकपा एमालेमा पाँच जना उपाध्यक्ष थिए । एमालेका उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवालीमध्ये अहिले भण्डारी राष्ट्रपति छन् ।

नेकपा (एमाले)का उपमहासचिव बिष्णु पौडेलले संकटका बेला ओलीलाई साथ दिने माओवादी केन्द्रका अन्य नेताहरूलाई पनि उचित स्थान दिने बताउनुभएको छ ।

ुउहाँहरूले आफ्नो सांसद पद नै धरापमा राखेर संकट परेका बेला नेपाली कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन योगदान दिनुभयो । सांसद पदसमेत त्याग गर्न तयार राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभाका उहाँहरूलाई हामी उचित र सम्मानजनक स्थान दिने पौडेलले बताउनुभयो ।

अहिले पूर्वमाओवादीका प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा मन्त्री हुनुहुन्छ । आफ्नो पक्षमा लागेकालाई एमालेमा स्थान दिनेबारे ओलीले नेता माधवकुमार नेपाल समूहसँग भने छलफल गर्नुभएको छैन ।

सम्बन्धित खबर

Back to top button