जन सरोकार
सङ्खुवासभा बस दुर्घटना : मृत्यु हुनेको संख्या १४
सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटना दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना भएको थियो । सो दुर्घटनामा परेका ५ जनाको जीवितै उद्धार गरिएको छ ।
स्थानीय डम्बरबहादुर बस्नेतका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो ।
दुर्घटनामा मृत्यु भएकामध्ये १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । मृतकहरूको सनाखत हुन बाँकी छ ।
प्रतिक्रिया राख्नुहोस्