जन सरोकार

विदेशबाट नेपाल आउनेहरुका लागि कोभिड रोकथाम सम्बन्धी सबै प्रावधान खारेज

कोरोना भाइरस संक्रमणमा आएको न्यूनतासंगै नेपाल आउन दुई वर्ष अघिबाट लागू गरिएका कोभिड संकट रोकथाम तथा नियन्त्रण सम्बन्धी सबै प्रावधान खारेज गरिएको छ ।

अध्यागमन विभाग

अध्यागमन विभागले नयाँ ट्राभल एडभाइजरी गर्दै कोरोना संक्रमणा रोकथाम सम्बन्ध सम्पूर्ण प्रावधान खारेज गरेको हो । अब विदेशबाट नेपाल आउँदा तोकिएको क्वारेन्टाइन बस्नुपर्ने छैन ।

यस्तै विदेशबाट नेपाल आउँदा कोरोना परीक्षणको नेगेटिभ पीसीआर रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे पुग्ने भएको छ ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले विदेशबाट आउनेका हकमा जारी गरिएका जनस्वास्थ्यसम्बन्धी यसअघिका सबै प्रावधान खारेज गरिएको बताउनुभयो ।

उहाँले अब अन्तर्राष्ट्रिय प्रवेश बिन्दुबाट नेपाल आउँदा पूर्ण मात्राको खोप लगाएको हुनुपर्ने वा पीसीआर नेगेटिभ रिपोर्ट मात्र पेस गरे पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button