त्रिकोणात्मक टी-२० सिरिजका लागि हङकङमा रहेको नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । प्रतियोगिता अन्तर्गत पहिलो खेल आज (आइतबार) नेपालले आयोजक हङकङसंग खेल्दैछ ।
खेल नेपाली समयअनुसार बिहान ११:१५ मा सुरु हुनेछ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । त्यसअघि नेपालले शनिबार हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको थियो जसमा नेपाल ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
त्रिकोणात्मक शृङ्खलामा आज पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो खेल फागुन २९ गते पवुवान्युगिनीसँग अर्को खेल खेल्नेछ । त्यस्तै फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ । नेपाल, हङकङ र पपुवा न्युगिनी समिलित सिरिजमा लिगचरणमा तीनै टीमले समान १-१ खेल खेल्ने छन् र समूहको दुई टोली फाइनल पुग्नेछन् ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् । आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्