राजनीति

पूर्वमन्त्री बाँस्कोटाको बन्दै गरेको घर नजिकै बम बिस्फोट

गोकुलप्रसाद बाँस्कोटा

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घर नजिकै बम विष्फोट भएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ भने छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बास्कोटाको निर्माणाधीन घरको भित्तामाबुधबार बिहान ७ः४५ बजे प्रेसरकुकर बम विस्फोट गराइएको हो ।

बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन ।घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोली पुगेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.