राजनीति

केपी प्रवृतिसँग सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण ध्वस्त हुनु हो : प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक परिवर्तनमाथि हमला भइरहेको बताउँदै केपी प्रवृतिसँग सम्झौता गर्नु भनेको सम्पूर्ण चिज ध्वस्त हुनु भएको बताउनुभएको छ ।

बिहिबार नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा विभिन्न राजनीतिक पार्टीसँग सहकार्य गर्दा धरातल कमजोर भएको स्वीकार गर्दै संसद् विघटनका विरुद्ध संविधान संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षडयन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौं र त्यो लडाई जिते पनि अझै ठूल्ठूला षडयन्त्र भइराखेका बताउनुभएको छ ।

मुलुकको राजनीतिक परिस्थिति जटिल र चुनौतिपूर्ण रहेको भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनपछि षडयन्त्र गरेपछि आफूले त्यसको विरोध गरेको र केपी प्रवृतिसँग सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुने देखेपछि आफू अब फेरि जेल जान पनि तयार मर्न पनि तयार तर यो प्रवृतिमाथि प्रहार गर्नैपर्छ भनेर गरेको स्पष्ट पार्नुभयो ।

एकपटक सजग भएर फेरि आफ्नै खुट्टामा उभिनुपर्ने अवस्था आएको बताउँदै अध्यक्ष प्रचण्डले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइ नै राखेको जनाउँदै योसँग मिले होला कि, त्योसँग मिले होला कि भनेर धेरै गरियो । तर आफ्नै धरातल छुट्दा अलिकति कमजोर भएको स्पष्ट गर्नुभयो ।

पार्टी निर्माणका लागि फेरि अभियान चलाउने र काठमाडौं भन्दा बाहिर अभियानमा बस्ने सोचमा रहेको बताउनुभएका अधयक्ष प्रचण्डले अहिले युद्धको परिस्थिति नरहेको र शान्तिपूर्ण ढंगले अभियान चलाउनुपर्ने अवस्था रहेको पनि बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button