जन सरोकार

फुङलिङ आगलागी : एकजनाको मृत्यु, केही घाइते

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ भने आगो निभाउने क्रममा वडाध्यक्षसहित केही घाइते भएका छन् ।

समाचार अनुसार आगलागीमा परी ६७ वर्षीया चुलिमाया लिम्बूको मृत्यु भएको मैवाखोला गाउँपालिका वडा नम्बर–४ का वडा सदस्य दुर्गा पालुङवाले जानकारी दिनुभयो ।

आगोले जलेकी लिम्बूको अस्पताल ल्याइ पुर्‍याउनु अघि नै मृत्यु भइसकेको अस्पतालका डाक्टर सोनिम लामाले जानकारी दिनुभयो मृतक लिम्बू मैवाखोला–३ ढुङगेसाँघु घर भइ सदरमुकाममा छोरी ज्वाइँकोमा बस्दै आएकी थिइन् ।

आगो निभाउने क्रममा वडा नं–४ का वडा अध्यक्ष जितेन लिम्बू लगायतका केही व्यक्ति घाइते भएका छन् । आगलागी रविनको पक्की घरबाट सुरु भएको स्थानीयले बताएका छन् ।

आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ । थप विवरण आउन बाँकी छ । प्रायः वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button