अर्थ

कोकाकोलाद्वारा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार कर छली

विश्वव्यापी सञ्जाल भएको बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालको आधिकारिक कम्पनी बोटलर्स नेपालले झण्डै पौने चार अर्ब रुपैयाँ बराबर कर छली गरेको भन्दै मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा ३ कोकाकोलाबिरुद्ध ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा कोकाकोलाको स्वामित्व खरिद बिक्रीमा कर छली भएको जनाएको छ । विभागले ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुलउपर गरिनुपर्ने उल्लेख छ ।

नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुवईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर सन् २०१४ अक्टोबरमा २४ (२०७७ फागुन ७ गते) कोकाकोला साब्को आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा राजस्व चुहावट भएको मुद्दाको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.