उपराष्ट्रपतिका लागि एमालेबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी
चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उहाँले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उपराष्ट्रपति निर्वाचनका लागि आज बिहान ९ देखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।
शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट हुनुहुन्छ । उहाँको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवाती न्यौपाने र यशोदा रिजाल रहनुभएको छ ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा समीक्षा भएको पार्टीका उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । एमालेले यसअघि पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।





प्रतिक्रिया राख्नुहोस्