ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त
चीनको नयाँ प्रधानमन्त्रीमा सांघाई पार्टीका सचिव ली छ्याङ चयन गर्नुभएको चिनीया समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ ।
राष्ट्रपति सी चिन फिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गर्नुभएको हो ।
सबीचच चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको शीर्ष राजनीतिक सल्लाहकार निकायको १४औँ राष्ट्रिय समितिको पहिलोसत्र शनिबार सम्पन्न भएको छ ।
राष्ट्रपति सी चिनफिङ र अन्य चिनियाँ नेता बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित सत्रको समापन बैठकमा सहभागी हुनुभएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको १४औँ राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङले बैठकको अध्यक्षता गर्नुभएको थियो ।
सम्मेलनले १३औँ राष्ट्रिय समितिको स्थायी समितिको कार्य प्रतिवेदनमाथिको प्रस्ताव, राजनीतिक सल्लाहकारको प्रस्तावको कामको प्रतिवेदनमाथिको प्रस्ताव, बडापत्रमा संशोधनसम्बन्धी प्रस्ताव, नयाँ प्रस्तावको परीक्षणलगायतका विषय पहिलो सत्रले अनुमोदन गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्