राजनीति

बिडारीको आक्रोश- मन्त्रीहरु संसदमा नआउने ट्‍वाइलेट उद्घाटन गर्न कुदने ?

राष्ट्रियसभाको बिहिबारको बैठकमा सांसद रामनारायण विँडारीले संसद्मा सबै मन्त्रालयका प्रतिनिधि आएर बस्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराउँदै सरकार र मन्त्रीहरु जनताप्रति उत्तरदायी नभएको आरोप लगाउनुभयो ।

उहाँले संसदलाई बेवास्ता गरेर मन्त्रीहरु ट्वाइलेट उद्घाटनमा कुदेका छन्, उदघाटन गर्न जहाँ पनि भ्याउने तर संसदमा जवाफ दिन नभ्याउने भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

बैठकको विशेष समयमा बोल्दै उहाँले संसदमा उठेका सवालमा इमान्दार भएर जवाफ दिन सरकार र मन्त्रीको ध्यानाकर्षण गराउँदै सो टिप्पणी गर्नुभएको हो ।्

बिडारीले संसदप्रति इमान्दार, जवाफदेही र उत्तरदायी बन्‍न आग्रह गर्दै सरकार र मन्त्रीहरुले सांसदले उठाएका सार्वजनिक सरोकारका विषयप्रति जवाफदेही नभएकोमा आक्रोश पोख्दै जवाफ नदिने, बोले पनि हुने, नबोले पनि हुने । ठीक बोले पनि हुने बेठीक बोले पनि हुने । मन लागे बोले नि हुने । मन नलाए नबोले नि हुने । यस्तो सदन भएपछि सदनको गरिमा घट्छ ।

सांसदहरुले उठाएका सबै विषयको रेकर्ड राख्दै ती सवालको जवाफ दिएर जनताप्रति आफ्नो इमान प्रदर्शन गर्न आग्रह गर्दै उद्घाटन गर्न जहाँ पनि पुग्ने गरेका मन्त्रीहरु सदनमा कमै उपस्थित हुने गरेकोतर्फ पनि उनले ध्यानाकर्षण गराउनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.