राजनीति

परिवर्तन उल्ट्याउने षडयन्त्र भइरहेको छ, अझै के के देख्नुपर्ने हो ?

पुष्पकमल दाहाल

पुष्पकमल दाहाल

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को विवाद समाधान गर्ने भन्दै नेकपा एमाले र माओवादी केन्द्रको एकता नै रद्द गरिदिएर अनपेक्षित अवस्थाको सामना गरिरहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्ट्याउने षडयन्त्र भइरहेको र अझै के के देख्नुपर्ने हो भन्दै सचेत रहनुपर्ने बताउनुभएको छ ।

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले संसद विघटन, जनताको सार्वभौम अधिकार उल्ट्याउने षडयन्त्र भएकाले त्यसविरुद्ध आफूहरु लडेको र सर्वोच्च अदालतले पनि संसद पुनस्र्थापनाको पक्षमा फैसला गरेको तर प्रतिक्रिवादी षडयन्त्र नरोकिएको र अनौठा–अनौठा परिघटना देख्नु परेको उहाँले बताउनुभयो ।

शुक्रबार राष्ट्रिय दलित पत्रकार संघको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी मन नपराउने देशभित्रका प्रतिक्रियावादीहरु र देशबाहिरका दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु मिलेर परिवर्तन उल्ट्याउन खोजेको आरोप लगाउनुभयो ।

त्यस क्रममा उहाँले परिवर्तन उल्ट्याउन त्यसमा भूमिका खेल्ने नेताहरुलाई बद्नाम गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको, १२ बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहेको र अहिले आफू जीवितै छु र अहिले यो परिवर्तन उल्ट्याउन सबैभन्दा घेराबन्दी ममाथि भइरहेको महसुस गगरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.