प्रदेशमधेश

विद्यालयको खस्कदो शैक्षिकस्तर सुधार्न प्रदेश प्रमुख झा बालबालिका पढाउन पुगेपछि

सरकारी लगानीमा चलिरहेका सामुदायिक विद्यालयहरुको गुणस्तर खस्कदै गएको अवस्थामा प्रदेश २ का प्रमुख बौद्धिक व्यक्तित्व डा. राजेश अहिराज झा शुक्रबार जनकपुरको एक विद्यालयमा गएर कक्षा १ का विद्यार्थीलाई पढाउनुभएको छ ।

प्रदेश २ को शैक्षिकस्तर खस्किरहेको समयमा प्रदेश प्रमुख झाले शिक्षामा जोड दिने उद्देश्यले विसं २००४ सालमा स्थापना भएको जनकपुरधामस्थित ऐतिहासिक सरस्वती माध्यमिक विद्यालयमा पुगेर कक्षा १ मा अध्ययनरत विद्यार्थीहरूलाई पढाउनुभएको हो ।

जनकपुरधामको धरोहरको रूपमा रहेको सो विद्यालयको शैक्षिक अवस्था तथा शिक्षकहरूको समस्या बुझ्नका लागि उहाँ विद्यालय पुगेको र उहाँले आधा घण्टा बालबालिकाहरूलाई कक्षामै पुगेर पढाउनुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख झा कक्षा १ कै विद्यार्थीहरूलाई पढाउनका लागि अन्य विद्यालयहरुमा समेत पुग्ने लक्ष्य रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । अध्ययनको सुरुवात कक्षा १ बाटै हुने भएकाले प्रमुख झाले १ कक्षालाई पढाउन चासो दिनुभएका हो ।

प्रदेश प्रमुख झाा विद्यालय पुगेर शिक्षकशिक्षिकासंग छलफल गर्नुका साथै कक्षामा पुगर बालबालिकालाई पढाउँदा शिक्षकहरूमा देखिएका कमी कमजोरी समेत उजागर भएको र यसले त्यसलाई सुधार्ने प्रेरणा मिलेको विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डलले बताउनुभयो ।

प्रदेश प्रमुख झाले कक्षा १ मा अध्ययनरत बालबालिकालाई पढाएपछि विद्यालयको जीर्ण भवन, शिक्षामा देखिएको बेथिति सुधार्न ल्याउनुपर्ने योजना लगायतको विषयमा शिक्षकहरूसँग कुराकानी गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.