क्रिकेटखेल

विश्वकप क्रिकेट लिग–२ : नेपाल र यूएई भिड्दै

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले यूएईको सामना गर्दैछ ।

नेपाल र यूएई भिड्दै

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साढे नौ बजे सुरु हुनेछ । यूएईलाई पराजित गर्दै नेपाल घरेलु सिरिजमा दोस्रो जित निकाल्ने योजनामा रहेको छ । यूएई पनि घरेलु टोलीलाई हराउँदै सिरिजमा पहिलो जित आफ्नो पक्षमा पार्ने योजनामा रहेको छ ।

पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको थियो भने यूएई पीएनजीसँग ५६ रनले पराजित भएको थियो । विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा जित आफ्नो पक्षमा पार्नु पर्नेछ ।

आज दोस्रो खेल खेल्न लागेको नेपालले, तेस्रो खेल मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग र चौथो तथा अन्तिम खेल मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाल ३३ खेलमा ३४ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने युएई ३३ खेलमा ३१ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । त्यस्तै ३४ खेलमा ११ अंक जोडेको पपुवा न्युगिनी तालिकाको पुछारमा रहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.