क्रिकेटखेल

युएईमाथि नेपालको विशाल जित, एकदिवसीय मान्यता सुरक्षित, अबको लक्ष्य विश्वकप

काठमाडौंमा जारी विश्वकप लिग २ को अति महत्वपूर्ण खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई विशाल रनले हराएको छ । नेपालले युएईलाई एक सय ७७ रनको विशाल रन अन्तरले हराएको हो

आजको जितसंगै नेपालको एकदिवसीय मान्यता जोेगिएको छ भने अबको लक्ष्य जिम्वाबेमा हुने विश्वकपको क्वालिफायरमा चयन हुनु रहेको छ । नेपालले अऋंक तालिकामा अमेरिकालाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ ।

त्रि.वि. क्रिकेट मैदानमाा सम्पन्न खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २४८ रनको विशाल लक्ष्य दिएको थियो । २४९ रनको विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा सबै विकेट गुमाएर ७१ रनमा समेटियो ।

नेपाललाई सहज जित दिलाउने क्रममा ललित राजवंशीले ५ विकेट लिए भने सन्दीप लामिछाने २, सोमपाल कामी, दीपेन्द्रसिं ऐरी र गुल्शनन झाले ११ विकेट लिए ।

यसअघि नेपालले खराब सुरुवात गरे पनि रोहितको अर्धशतकमा २४८ बनाएको थियो । कप्तान रोहित पौडेलले ओडीआईमा आठौं अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ७७ रन बनाए । ११२ बल खेलेका उनले ९ चौका हाने ।

आरिफ शेखले ४३ र गुलशन झाले ३७ रन जोडे । दीपेन्द्रले ३४ र भीम सार्कीले २९ रन जोडे । ओपनर आसिफ शेख खाता नखोली दोस्रो ओभरमा आउट भए । कुशल भुर्तेल ८ र कुशल मल्ल ९ रन बनाएर आउट भए ।

२२ रनमै ३ विकेट गुमाएको अवस्थामा रोहितले भीमसँग चौथो विकेटका लागि ५४ र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरे ।

भीमले ३७ बल खेल्दै ४ चौका मद्दतमा २९ रन बनाए । आरिफ शेखले ५२ बल खेल्दै ५ चौका मद्दतमा ४३ रन बनाए ।

रोहित ३८औं ओभरमा आउट भएपछि आरिफले गुल्शन झासँग मिलेर छैटौं विकेटका लागि ३० रनको साझेदारी गरे । आरिफ ४३औं ओभरमा आउट हुँदा नेपाल १९२९६ को अवस्थामा थियो । तर गुल्शन र दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै सातौं विकेटका लागि ४८ रनको साझेदारी गरे ।

४८औं ओभरमा आउट भएका गुल्शनले ३२ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा ३७ रन बनाए ।

त्यसपछि नेपालले लगातार विकेट गुमायो । सन्दीप लामिछाने २ रनमा आउट भए । दीपेन्द्रले १९ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३४ रन बनाए । सन्दीप र दीपेन्द्र ४९ औं ओभरमा आउट भए । सोमपाल कामी अन्तिम ओभरमा २ रनमा आउट भए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.