राजनीति

माओवादीले बोलायो बादलसहितका नेतालाई मन्त्रिमण्डलबाट फिर्ता

गृहमन्त्री

एकीकरण वैधानिक रुपमा अबैध ठहरिएपछि अलग्गिएको नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन औपचारिक रुपमा टुटेको छ । शनिबार पेरिसडाडाँमा बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टी एक हुँदा ओली समूहलाई साथ दिएका मन्त्रिहरुलाई फिर्ता हुन निर्देशन दिएको हो ।

त्यसै गरी बैठकले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ ।

बैठकले गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको हो ।

शुक्रबार मात्रै नेकपा एमालेले बादलसहितका मन्त्रीमा रहेका नेताहरुलाई केन्द्रीय सदस्य र प्रदेश इञ्चार्ज बनाएको थियो । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गर्नुभएको थियो ।

सम्बन्धित खबर

Back to top button