जापान

पत्रकार महासंघ जापान स्थापनाको एक दशक अवसर पारेर अन्तरक्रिया गरिदै

नेपाल पत्रकार महासंघ जापान शाखाको स्थापनाको दशौं वर्ष पुरा गरेको अवसरमा एक अन्तरक्रिया सहित शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको छ।

मार्च १३ तारिक आइतबार ‘नेपाल(जापान सम्वन्धको ६ दशक’ विषयमा विषय विज्ञहरू सहित अन्तरक्रिया गरिने छ भने खुल्ला शुभकामना आदनप्रदान कार्यक्रम समेत आयोजना गरिने तयारी गरिएको महासंघ जापानका अध्यक्ष मोहन घलेले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रम अन्तगत नेपाल जापान सम्वन्धको ६ दशक विषयमा जापानका लागि नेपाली पूर्व राजदूत तथा नेपाल सरकारका पूर्व परराष्ट्र सचिव डा मदनकुमार भट्टराई र नेपाल जापान सांस्कृतिक सम्वन्धमा जानकार तथा लेखक हारूहितो नोजुले विषेश प्रस्तुति गर्नुहुनेछ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य भूषण घिमिरे र खानागावा राज्यका सल्लाहकार समेत रहनु भएका जीज्ञानकुमार थापाले टिप्पणी सहित आफ्नो प्रस्तुति दिनुहुनेछ ।

यस्तै दोस्रो चरणको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाली राजदूतावासका कार्यवाहक राजदूत अम्विकाप्रसाद जोशी लगायत जापानमा क्रियाशिल नेपाली संघसंस्थाका प्रतिनिधिहरूसंग समसामयिक विषयमा अन्तरक्रिया सहित शुभकामना आदनप्रदान हुनेछ।

जुम अनलाईन मार्फत लाईभ हुने कार्यक्रम आईतबार नेपाल समय १० बजे तथा जापान समय १ः१५ बाट हुने अध्यक्ष घलेले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.