महाभियोग प्रस्ताव संसदमा पेश- छलफल सुरु
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराब विरुद्धको महाभियोग प्रस्ताव संसद्मा पेश भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग प्रस्ताव पेश गर्न समय दिनुभएपछि माओवादी सांसद देव गुरुङले महाभियोग प्रस्ताव पेश गर्नुभएको हो । महाधिवेशन प्रस्ताव संसदमा दर्ता भएपछि प्रतिनिधिसभामा सांसदहरुले धारणा राख्नेछन् ।
महाअभियोग प्रस्ताव पेश गर्दै सांसद गुरुङले प्रधानन्यायाधीश जबराले संविधान, कानुन र न्यायिक मूल्य मान्यताविरुद्ध काम गरेको, न्यायिक आचरण र कार्यक्षमताका अभाव देखिएको बताउनुभयो ।
उहाँले प्रधानन्यायाधीश जबराले संवैधानिक परिषदको सदस्यको हैसियतमा विभिन्न संवैधानिक निकायमा भाग लिएको र कार्यपालिकामा पनि हिस्सा खोजेको समेत आरोप लगाउनुभयो ।
संविधानको धारा १०१ को उपधारा (२) एवम् प्रतिनिधिसभा नियमावली २०७५को नियम १६१ अनुसार सांसद देव गुरुङ, सांसद पुष्पा भुसाल गौतम र जीवनराम श्रेष्ठ प्रस्तावक एवम् ९५ जना समर्थक पेश भएको प्रस्ताव आइतबार प्रतिनिधिसभा बैठकमा पेश भएको हो।
प्रतिक्रिया राख्नुहोस्