जापान

नेपाल पत्रकार महासंघ जापानले मनायो स्थापना दिवस

नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १० औ स्थापना दिवश जापानको टोकियोमा शुभकामना आदानप्रदान गर्दै मनाएको छ । शाखाले शुक्रवार जापानको टोकियोमा संचारकर्मीहरुबीच शुभकामना आदानप्रदान गर्दै, स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको सभापतित्व तथा सल्लाहकार भूषण घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो भने अन्य सल्लाहकारहरुसंगै, कार्यसमिति सदस्य एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मतव्य राख्दै प्रमुख अतिथि घिमिरेले पत्रकार महासंघ सबै पत्रकारहरुको साझा संस्था भएको भन्नुहुँदै, सबै पुस्ताले यसको बिकास र बिस्तारको लागि टेवा दिएको बताउनु भयो । साथै उहाँले संस्थाको निरन्तरताका लागि युवा पुस्ताले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो ।

स्थापनाकालदेखि हालसम्म महासंघको विभिन्न पदमा रहेर तथा नरहेर पनि महासंघको निरन्तरताका लागि उल्लेखनीय टेवा पुर्याउँदै आउनुभएका घिमिरेले सम्पूर्ण अग्रज तथा संस्थापकहरुको स्मरण गर्दै सबै संचारकर्मी तथा शुभचिन्तकहरुमा शुभकामना ब्यक्त गर्नु भयो ।

त्यस्तै, कार्यक्रममा अग्रज पत्रकार दिनेश थपलियाले प्रवासमा पनि महासंघले सबै पत्रकारहरुलाई भेटघाट, वैचारिक छलफल तथा क्षमता अभिवृद्धिको अवसर दिएको बताउनुहुँदै पहिलो पुस्ताको योगदानलाई मनन् गर्दै अब आउने नयाँ पुस्ताले महासंघलाई थप उचाईमा लैजानु पर्ने बताउनु भयो ।

विश्वमा महामारी फैलाईरहेको कोरोना भाईरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै, केही सिमित व्यक्तिहरुको उपस्थितिमा मात्र मनाइएको औपचारिक कार्यक्रममा सभापति, महासंघ जापानका अध्यक्ष मोहन घलेले संस्थापकहरुप्रति आभार ब्यक्त गर्दै आगामी दिनहरुमा महासंघले जापानबासी नेपालीहरूलाई सहि सुचना प्रदान गर्दै जापानमा क्रियाशिल पत्रकारहरुको क्षमता विकास एवं पेशागत सुरक्षा तथा आर्थिक विकासमा टेवा पुग्ने योजनाहरु सहित अगाडी बढ्ने बताउनुभयो ।

वहाँले जापानको व्यस्थतामा पनि संचारकर्मबाट नेपाली समुदायलाई सुसुचित गराउने कर्ममा निरन्तर खट्टिईरहने सम्पूर्ण क्रियाशिल संचारकर्मीहरु,महासंघका स्थापानाकालदेखिका अग्रजहरु संचारकर्मीहरु तथा नेपाल पत्रकार महासंघका सम्पूर्ण शुभचिन्तकहरुप्रति स्थापना दिवसको पावन अवसरमा मंगलमय शुभकामना व्यक्त गर्नुभयो ।

स्थापना दिवशको कार्यक्रममा कोषाध्यक्ष आनन्द कोइरालले संचालन गर्नु भएको थियोभने उपध्यक्ष पूर्ण चलाउनेले स्वागत मतब्य राख्नु भएको थियो । स्थापना दिवशको अवशरमा प्रमुख अथिति घिमिरेले केक काटेर उदघाटन गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ जापान सन २०११ मार्च महिनाको १३ तारिखमा स्थापान भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.