क्रिकेटखेल

विश्वको नम्बर एक बलर बन्ने होडमा सन्दीप (भिडियोसहित)

नेपाली खेल क्षेत्रमा सर्वाधिक चर्चित, सर्वाधिक सफल र पछिल्लो समय सर्वाधिक विवाद तथा आलोचनाले घेरिएका खेलाडी हुन सन्दीप लामिछाने ।

विश्वका कैयौं मुलुकमा व्यावसायिक क्रिकेट खेल्दैआएका लामिछानेलाई एक नाबालिक युवतीमाथि जवर्जस्ती करणी (बलात्कार) गरेको अभियोगको मुद्दा अझै पनि चलिरहेको छ ।

आईसीसी विश्वकप लिग २ का खेलअघि उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गरेपछि नेपालको एकदिवसीय मान्यता जोगाउन मात्र हैन कि विश्वकप छनोट खेल्ने ढोकासम्म पुग्दा सन्दीपको हात सबभन्दा महत्वपूर्ण रह्यो ।

सन्दीप बलात्कार जस्तो जघन्य अभियोगको मुद्दा बोकेर विश्व कीर्तिमानको नजिक समेत पुगेका छन् । उनी विश्व क्रिकेटमा एकदिवसीय प्रतिस्पर्धामा सबभन्दा कम खेलमा सय विकेट लिने खेलाडी बन्ने सुरसारमा छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ। खानले ४४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।

तर खानको रेकर्ड तोड्न सन्दीपलाई २ विकेट मात्र चाहिएको छ । उनले ४० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ९८ विकेट लिएका छन् । एक सय विकेट पूरा गर्न सन्दीप २ विकेटले मात्र पछि रहेका छन् ।

हेर्नुहोस् यो भिडियो

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.