विश्व समाचार
इटाली र अमेरिकापछि स्पेनमा पनि आपतकालको घोषणा
युरोपेली मुलुक इटालीले देशमा कोरोनाका कारण संकटकाल घोषणा गरेको केही दिनमै अर्को युरोपेली मुलुक स्पेनले पनि आपतकाल घोषणा गरेको छ । शुक्रबार मात्रै अमेरिकाले संकटकाल घोषणा गरेको थियो ।

स्पेनले शनिबारदेखि मुलुकभर आपतकालको घोषणा गरेको हो । भाइरसको प्रकोप बढेसँगै सरकारले आपतकालीन अवस्थामा बाहेक भ्रमण गर्न तथा सार्वजनिक भेला गर्न रोक लगाएको छ ।
प्रधानमन्त्री पेड्रो सान्चेसले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र महत्वपूर्ण यात्रामा जान आग्रह गरेका छन् । नागरिकहरूको स्वास्थ्यको रक्षा अझ राम्रो ढङ्गले गर्न सरकारले राज्यका सबै स्रोतसाधन परिचालन गर्ने बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्