जापान

कोरोना फैलाउने उद्देश्यले संक्रमित व्यक्ति रेष्टुरेन्ट गएको पुष्टि, संकटकालको स्थिति छैन

कोरोना भाइरस संक्रमण बढिरहेको जापानमा एक संक्रमित व्यक्तिलाई चिकित्सकहरुले क्वारेन्टाइनमा बस्न निर्देशन दिए पनि उनी रेष्टुरेन्ट छिरेपछि प्रहरीले सोधपुछ सुरु गरेको छ । उनले आफ्नो परिवारसंग अरुलाई संक्रमित गर्न रेष्टुरेन्ट जान लागेको बताएका थिए ।

एनएचकेको समाचार अनुसार आइची प्रान्तको गामागोरी नगरका अधिकारीका अनुसार ४ मार्च ती व्यक्ति कारोना संक्रमित भएको पुष्टि भएको थियो । तर सोही दिन उनी एक रेष्टुरेन्टमा गएका थिए । रेष्टुरेन्टका कर्मचारीले स्वास्थ्य अधिकारीलाई सूचना दिएका थिए ।

अन्दाजी ५० वर्षका ती व्यक्ति प्रवेश गरेको रेष्टुरेन्ट अहिले बन्द छ । सोही रेष्टुरेन्टका एक तीस वर्षीया कर्मचारीलाई बिहिबार कोरोनन संक्रमण भएको पुष्टि भएको थियो । यद्यपि उनी ती व्यक्तिबाट संक्रमित भएका थिए कि थिएनन् भन्ने चाहिं पुष्टि भैसकेको छैन ।

यसैबीच जापानी प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरसको संक्रमणबाट बच्न नयाँ कानुन अनुसार संकटकाल घोषणा गर्न सकिने भए पनि तत्काललाई यस्तो स्थिति नरहेको बताउनुभएको छ । प्रधानमन्त्री आबेले शनिबार पत्रकारहरुसमक्ष अन्य देशको तुलनामा जापानमा संक्रणको दर कम र नियन्त्रित रहेको भन्दै सो कुरा बताउनुभएको हो ।

सम्बन्धित खबर

Back to top button