राजनीति

धुम्बाराहीमा ओली र नेपालबीच छलफल बामदेवले बोलाए आफ्नो समूहको बैठक

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल बीच एमाले पार्टी कार्यालय धुम्बाराहीमा छलफल सुरु भएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अस्तित्वमा ल्याइदिएपछि दुई नेताबीच औपचारिक छलफल भएको यो पहिलोपट हो ।

ओली र नेपाल बीच चार महिनापछि भेटवार्ता भएको हो । गत २५ कात्तिकमा आफू निकट नेताहरु सहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेटेपछि एक्लाएक्लै भेटवार्ता भएको छैन ।

छलफलमा ओलीसहित उहाँका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ हुनुहुन्छ । त्यसतै अर्का तर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्तको सहभागिता छ ।

वरिष्ठ नेता झलनाथ खनाल, नेपालसहित यो खेमाका ११ स्थायी कमिटी सदस्यले आइतबार मात्रै ओलीमाथि गम्भीर आरोपसहित संयुक्त वक्तव्य जारी गरेका थिए । त्यस्तै आइतबार नै ओलीले नेपाललाई छलफलका लागि आग्रह गर्नुभएको थियो ।

त्यसै गरी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाउनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाउनुभएको हो ।

गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा विभाजित भएपछि गौतमले राष्ट्रिय एकता अभियान सुरु गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.