राजनीति

सर्वसम्मत ढङ्गले स्थानीय तहको उम्मेदवार चयन गर्नुपर्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छान्नुपर्ने बताउनुभएको छ ।

प्रकाशमान सिंह

नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचनमा आफ्नाभन्दा पनि राम्रा व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताउनुभयो ।

“विगतमा पार्टी नेतृत्वले राम्राभन्दा पनि आफ्ना व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीलाई स्थानीय निर्वाचनमा असर प¥यो”, उहाँले भन्नुभयो ।

पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्नुपर्ने बताउनुभयो ।

“कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घरघर जाउँ, कांग्रेस जिताउ देशव्यापी अभियान सञ्चालन गरेको छ, योग्य व्यक्तिलाई हेरेर पार्टीले स्थानीय तहको निर्वाचनमा टिकट दिनुपर्छ”, उहाँले भन्नुभयो ।

स्थानीयवासीसँग भिजेको व्यक्तिलाई टिकट दिँदा निर्वाचन सजिलै जित्न सकिने उहाँको भनाइ थियो । महासङ्घका नवनिर्वाचित अध्यक्ष रवि सिंहले आफूले निर्माण व्यवसायीको हकहितका लागि काम गर्ने र निर्माण क्षेत्रमा रहेका विकृति, विसङ्गतिको अन्त्य गर्ने बताउनुभयो ।

कांग्रेस नेतृत्वको सरकार बनेपछि निर्माण व्यवसायीले राहत महसुस गरेको उहाँको भनाइ थियो । उहाँले कोरोनाका कारण अस्तव्यस्त बनेको मुलुकको निर्माण क्षेत्रलाई सही बाटोमा ल्याउन निर्माण व्यवसायीले आगामी दिनमा काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.