दुई शक्तिशाली तर प्रतिस्पर्धी महिलाको अभूतपूर्व आत्मियता
निर्वाचनमा प्रतिस्पर्धा गरेपछि हार वा जीत बाहेक अरु केही हुँदैन र हार्नेले जित्नेलाई बाधाई दिनु र जित्नेले हार्नेसंग सुमधुर सम्बन्ध राख्दै साथ र सहयोग लिनसक्नु नै लोकतान्त्रिक चरित्र हो ।
तर, आजभोलि सामाजिक सञ्जाल र संचार माध्यमहरुले प्रतिस्पर्धीहरुबीच सुमधुर सम्बन्ध रहे पनि आम जनतामा भ्रम फैलने गरी सम्बन्धका बारेमा नकारात्मक टिप्पणी गर्दछन् । यस्त टिप्पणीको शिकार भए राप्रपाका दुई महिला नेतृहरु ।
हालै सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिबेशनमा राष्ट्रिय अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेन एक आपसमा भिडे तर महाधिवशनमा ठूलो चर्चा भने महामन्त्री उम्मेदवारलाई लिएर भयो ।
हुन पनि नेपाली चलचित्रकी सशक्त नायिका रेखा थापा राजेन्द्रको प्यानलबाट र पूर्व मन्त्री समेत रहिरकेकी कुन्ती शाही कमल थापाको प्यानलबाट प्रतिस्पर्धामा उतारियो । यो विषयलाई मिडियाले पनि उच्च प्राथमिकताका साथ मसला भरेर समाचार सम्प्रेषण गरे । विजय भने कुन्तीको भागमा पुग्यो ।
शाहीका जीत लगतै अभिनेत्री थापाले आफ्नो सामाजिक संजालमा फोटो शेयर गरि बधाई समेत दिइन् । तर, केही समूह यी दुई बीचको दुरीलाई बढाउन सामाजिक संजालमा लागिपरे । सबैलाई लाग्यो यी दुईजनाको सम्बन्ध पनि निकै चिसियो । रेखाले अब राप्रपा छोडछिन भन्ने सम्मका समाचारहरु पनि सम्प्रेषण भए ।
यी तमाम अड्कलबाजी र प्रचारहरुकाबीच दुई नेतृ कुममा कुम जोडेर राप्रपाको कार्यक्रमहरुमा सरिक भैरहेका छन् । भर्खरै मात्र राप्रपाको बाँकेको नेपालगंज र बर्दियाको गुलरियामा सम्पन्न बिशाल आमसभामा दुईजना नेत्रीको समेत सहभागीता रहेको थियो । उनीहरु पार्टीको तर्फबाट सो जिल्ला पुगेका हुन् ।
बाँकेको आमसभामा एउटै स्जेजबाट बोल्दा रेखा थापाले महामन्त्री कुन्ति शाहीको निकै प्रशंसा गरिन हाम्रो सशक्त महिला नेता महामन्त्री पदमा जित्दा आफुलाई गर्व लागेको वहाँलाई आफु जहिले पनि सम्मान गर्ने बताइन् ।
केही समय अघि महामन्त्री कुन्ति शाहीले पनि अध्यक्ष लिङदेनलाई रेखा थापालाई पनि पार्टीको जिम्मेवार ठाउँमा ल्याउन आग्रह गरेकी थिइन । उनीहरुले भने राप्रपाको कार्यक्रमका पहिलो पटक स्टेज शेयर गरेका थिए । यो कुरालाई लिएर कार्यकर्ताहरुले समेत खुशी देखिएका थिए ।
राप्रपाको महाधिबेशनको सकिएको लामो समयपछि महामन्त्री कुन्ती शाही र केन्द्रिय सदस्य रेखा थापाले बाँके र बर्दियामा एउटै स्टेज शेयर गरे भलाकुसारी गगर्दै मन्तव्य समेत राख ।
बाँकेको आमसभापछि बर्दियामा आमसभामा रहेको थियो । बर्दियाको आमसभामा भने गज्जबको दृष्य देखिएको थियो । आयोजकले उनीहरु दुईजनालाई स्टेजको अलग अगल भागमा सिट ब्यबस्थापन गराएका थिए । कार्यक्रम संचालन भएकैबीचमा उनीहरु दुईजना एकाएक सँगै सिटमा बस्न पुगे । आमसभामा उपस्थित सबैले तालीको गडगडाहटबाट स्वागत गरे ।
यो दृष्य देखेपछि महामन्त्रीका सल्लाहकार सामाजिक अभियन्ता चक्रबहादुर चन्दले स्टेजमा चढेर स्माईल प्लिज भन्दै फोटो खिच्न समेत भ्याए । उनले लिएको तस्बिरमा दुईजनाले मुस्कानले एकअर्कालाई माया सदभाव दर्साएका छन् । यो फोटोले निकै अर्थ राखेको छ चन्दले बताएका छन् ।
उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “महाधिबेशनका दुईजना प्रतिस्पर्धीको एउटै स्टेजमा मुस्कानका साथ कुराकानी गरेको देखेर स्टेज मै चढेर फोटो खिचियो । यो सम्बन्ध देश विकास, पार्टीको हित र तमाम पछाडी पारिएका महिलाहरुको आवाज बुलन्द गर्नमा बिना स्वार्थमा सधै यसरी अगाडी बढिरहुन ।”
प्रतिक्रिया राख्नुहोस्