राजनीति

सरकारद्वारा संसद अधिवेशन अन्त्य गर्न सिफारिस

सर्वोच्च अदालतको आदेशपछि पुनःस्थापत भएको सङ्घीय संसदमा विपक्षी दल नेकपा एमालेले निरन्तर अबरोध गरेपछि सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

नेपालको संविधानअनुसार संसद् अधिवेशनको अन्त्य र सुरुआत सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसद्को चालु अधिवेशन गत मङ्सिर २८ गतेदेखि प्रारम्भ भएको हो ।

चालु अधिवेशनको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस नगरेको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button