ड्रोनबाट पहाडी क्षेत्रमा सामान पुर्याउने जापान पोष्टको तयारी
जापानको हुलाक सेवा (जापान पोष्ट)ले आफ्नो सेवा सहज र सुलभ रुपमा प्रदान गर्न ड्रोनको प्रयोग गर्ने तयारी गरेको छ । यसका लागि उसले सरकारको अनुमतिको प्रतिक्षा गरिरहेको छ ।

एनएचकेको समाचार अनुसार जापान पोष्टले यही मार्च महिनाको अन्त्यमा आफ्नो पहिलो लामो दूरीको ड्रोन उडान गर्न सबै तयारी पूरा गरेर सरकारको स्वीकृति पर्खिरहेको छ।
स्वीकृत पाएपछि जापान पोष्टका ड्रोन विमानले पहाडी क्षेत्र र अन्य दुर्गम स्थानमा ग्राहकलाई सामान पुर्याउनसक्ने बताइएको छ । भविष्यमा यो ड्रोन सेवाले हिमाली क्षेत्रमा डेलिभरी लागत घटाउन र डेलिभरी कर्मचारीको अभावलाई सामना गर्न मद्दत गर्ने कम्पनीका अधिकारीहरू बताउँछन्।
अधिकारीहरूले सोमबार एसीएसएल (ACSL) द्वारा निर्मित पीएफ२- क्याट ३ (PF2-Cat3 ) मोडेलको ड्रोनलाई “लेभल 4” गतिविधिका लागि सुरक्षित घोषणा गरेका छन् । अर्थात्, अब यो ड्रोन अपरेटरको नजरबाट टाढा र जनसंख्या भएको क्षेत्रमा उड्न सक्छ।
डिसेम्बरमा, सरकारले प्रमाणीकरण फ्रेमवर्क र अपरेटरहरूको लागि आवश्यक योग्यता सेट गर्न लेभल-४ ड्रोन उडान सम्बन्धी कानूनमा संशोधन गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्