जापान

जापानमा कोरोना संक्रमितको संख्यामा वृद्धि- आठ सय ३० जना बिरामी

जापानमा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । आइतबार साँझसम्मको तथ्यांक अनुसार ३१ जनाको मृत्यु भैसकेको छ भने अमेरिकी क्रुज डायमण्ड प्रिन्समा रहेको ६ सय ९७ जना तथा चीनबाट विमानमार्फत आएका १४ यात्रु बाहेक जापानभित्रै मात्र आठ सय ३ जना संक्रमित भएका छन् ।

सरकारले जारी गरेको एकीकृत तथ्यांक अनुसार होक्काइदोमा सबैभन्दा बढी १ सय ४८ जना संक्रमित भएका छन् भने त्यसपछि आइचीमा १ सय २१, ओसाकामा १ सय ६ र राजधानी टोकियोमा ९० जना संक्रमित छन् । त्यसै गरी ह्योगोमा ७८ र कानागावामा ५५ जना संक्रमित छन् ।

जापानमा मात्रै हन चीन बाहेक अन्य मुलुकमा कोरोना संक्रमण फैलदो क्रममा रहेको छ । विश्व स्वास्थ्य संगठनले शनिबारसम्म विश्वका १ सय ३९ देशमा संक्रमण फैलिएको र हालसम्म १ लाख ५० हजारको हाराहारीमा संक्रमण भएको पुष्टि भसकेको छ । त्यसै गरी शुक्रबारसम्म ५ हजार ३ सय ९३ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.