जन सरोकार

यस्तो छ नयाँ वर्ष २०७९ को वार्षिक राशिफल (भिडियोसहित)

विश्वभरी रहेका आम नेपाली नागरिकहरू नयाँ वर्ष विसं २०७९ साललाई स्वागत गर्न व्यग्र प्रतिक्षारत छन् र सुख, शान्ति, सन्तोष, उन्नति प्रगति ल्याओस् भन्ने कामना गरिरहेका छन् ।

यसै सन्दर्भमा आउँदै गरेको नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा सामाजिक सञ्जालका भित्ताहरू ज्योतिषीहरूका राशिफलले ढाकिएका छन् । अन्य संवतका नयाँ वर्षमा भन्दा विसंको नयाँ वर्षमा आमसर्वसाधारणहरूको रुची, चासो र ध्यान विशेष हुनुको पछाडि राशिफल पनि एउटा कारण हो ।

सूर्यले ३६० डिग्रीको यात्रा सकेर पुनः शुन्य डिग्रीबाट यात्रा तय गर्ने दिनबाट शुरु हुने वर्ष भएको हुनाले पनि अन्य संवतका वर्षमाभन्दा विसंको नयाँ वर्षको तात्त्विक भिन्नता र महत्त्व रहेको पाइन्छ । यस प्रकारको वैज्ञानिकता अन्य संवतका वर्षमा पाइदैन पनि ।

यसै सन्दर्भमा राशिफल एवं विभिन्न सफल भविष्यवाणी गरी चर्चित ज्योतिषी दीपक सुवेदीले फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा अपलोड गर्नुभएको वार्षिक राशिफल यहाँहरूको सुविधालाई मध्यनजर गरी यहाँ दइएको छ ।

ज्यो. सुवेदीका ज्योतिषीय फलादेश एवं प्रस्तुति यस कारणले पनि मननीय मानिन्छन् कि उहाँले मान्छेलाई बढी सावधानी के मा हुन जरुरी छ त्यसको बारेमा बढी कन्द्रित हुन सुझाव दिनुहुन्छ ।

राम्रो राम्रो नै छ, जुन कुरा नबताए पनि सेवाग्राहीलाई हानी हुँदैन, तर नराम्रो के छ त्यो बताइयो भने सम्बन्धित व्यक्ति नराम्रोप्रति सावधान हुनसक्छ र हुने नोक्सानीबाट बच्नसक्ने उहाँ बताउनुहुन्छ ।

ज्यो सुवेदी राशिफल सुनेर, हेरेर, पढेर मान्छेलाई मख्ख बनाउने भन्दा पनि विपरितफलप्रति सतर्क गराउने र राम्रो कार्यप्रति प्रोत्साहन गराउनुपर्ने बताउनुहुन्छ ।

हेर्नुहोस् २०७९ को वार्षिक राशिफल भिडियोमा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.