जापान
जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन उपस्थित
उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार काठमाडौँमा आयोजना गर्नुभएको स्वागत समारोहमा उपस्थित हुनुभयो ।

सो समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, सांसद, नेपाल सरकारका विशिष्ट पदाधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।
सो समारोहमा राजदूत किकुताले जापान र नेपालबीच लामो समयदेखि घनिष्ट एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा जापान सरकारले सहयोग पुर्याउँदै आएको र आगामी दिनमा सहयोग आदानप्रदान निरन्तर रहने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्