प्रदेशलुम्बिनी

शुक्रबार मध्यरातपछि लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य हुँदै

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।

लुम्बिनी प्रदेश

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ । । चालु अधिवेशन तीन दिनमात्रै चलेको थियो ।

प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै ‘बिजनेस’ नभएकाले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.