अर्थ

पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ ।

निगमका अनुसार नयाँ मूल्य आइतबारैदेखि लागू हुनेगरी समायोजन गरिएको छ । पेट्रोलमा प्रतिलिटर रु १५ र डिजेलमा प्रतिलिटर रु १० वृद्धि गरिएको छ । मूल्य समायोजनसँगै अब पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर रु १६९.५०, दोस्रो वर्गका लागि रु १७१ र तेस्रो वर्गका लागि रु १७२ कायम भएको छ ।

यस्तै, डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर रु १४९।५० पैसा, दोस्रो वर्गका लागि रु १५१ र तेस्रो वर्गका लागि रु १५२ तोकिएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङलाई दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ ।

अन्तरराष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य समायोजन गर्नुपरेको निगमले स्पष्ट गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.