कोरोना भाइरसको संक्रमण फैलिन नदिन कुन देशले कस्तो उपाय अपनाए ?
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विभिन्न देशले फरकफर उपाय अपनाएका छन् । साउदी अरब र संयुक्त अरब इमरेट्स (युएई)ले चलचित्रहरु बन्द गराएका छन् ।
साउदी अरबका अधिकारीहरुले कम्तीमा दुई हप्ताका लागि चलचित्र हलहरु बन्द भएको घोषणा गरेका हुन् । साउदी अरबमा अहिलेसम्म ११८ जनामा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ ।
यसैगरी युएईका अनुसार चलचित्रसहित धेरै भीड हुने ठाउँहरु तत्काल बन्द गर्न निर्देशन दिइएको छ । उनीहरूले सामाजिक सञ्जाल ट्वाटरमार्फत नाटक घर, खेलमैदान विद्युतीयमाध्यमबाट खेलिने मनोरञ्जन केन्द्र, फिटनेस तथा जीम खाना र स्पा गराउनेलगायत बन्द गर्न लगाएको जनाएका छन् ।
यो निर्णय कम्तीमा मार्च महिनाभरि लागू हुने अधिकारीहरु जानकारी दिका छन् । यसै गरी भारतको श्रीनगरमा सार्वजनिक तथा निजी बगैँचा र पार्कहरु बन्द गर्न लगाइएको छ ।
स्थानीय एक सरकारी अधिकारीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि यहीँ निर्णय लागू हुन जनाएका छन् । श्रीनगरमा अहिलेसम्म कम्तीमा दुई जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उता अमेरिकाको महत्वपूर्ण शहर न्यूयोर्क पनि सार्वजनिक विद्यालयहरु बन्दको घोषणा गरिएको छ । न्यूयोर्क सिटीमा मेयर विल डे ब्लासियोले आगामी अप्रिल २० तारिखसम्म नगरअन्तर रहेका सबै सार्वजनिक विद्यालय बन्द गर्न निर्णय जानकारी गराउनुभयो ।
उहाँले अहिले धेरै संवेदनशिल भएकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन यस्तो निर्णय गर्नु परेको बताउनुभयो ।
त्यस्त भारतको नयाँ दिल्ली प्रदेशमा ठूला भेला, रात्रि क्लब, जीम र स्पा बन्द गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार धेरै मानिस भेला हुने ठाउँमा बन्द गर्न÷गराउन निर्देशन दिनुभएको हो ।
उहाँको निर्देशन अनुसार ठूला भेला, रात्रिकालीन क्लब, जीम र स्पा कम्तीमा यही मार्च ३१ सम्म बन्द हुने भएका छन् । विश्वमा माहामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण दिल्ली राज्यले यस्तो निर्णय लिएको हो ।
मुख्यमन्त्री केजरीवालले विवाह लगायतका कुनै पनि जमघट ५० जनाभन्दा बढीको गराउन नपाइने पनि स्पष्ट पार्नुभएको हो । राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसका कारण अहिलेसम्म कम्तीमा सात जना सङ्क्रमित भएको छन् ।
देशभरि भने अहिलेसम्म सङ्क्रमित ११४ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये १७ जना विदेशी छन् । उनीहरुका अनुसार कोरोनाका कारण भारतमा अहिले दुई जना मृत्यु भइसकेको छ ।
इटालीमा पछिल्लो २४ घण्टाभित्र ३६८ जनाको मृत्यु
इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ ।
इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३६८ जनाको मृत्यु भएको छ । इटालीमा मृतकको संख्या यो समेत १ हजार ८०९ पुगेको छ । चीनपछि सबैभन्दा प्रभावित मुलुक अब इटाली भएको छ ।
भ्याटिकनले पनि इस्टर सप्ताह समारोह रद्द गरेको छ । पोप फ्रान्सिस आइतबार भ्याटिकन शहरमा पैदल हिँडेर कोरोनाभाइरस महामारीको शिकार भएकाहरूका लागि एउटा गिर्जाघरमा प्रार्थना गर्न जानु भएको थियो ।
युरोपमा आइतबारसम्ममा कोरोनाभाइरसको संक्रमणबाट मर्नेको संख्या २,००० नाघेको छ । यो रोगले विश्वका सबै क्षेत्रहरूमा असर पारेको छ, खेल र सांस्कृतिक क्यालेन्डरहरू रद्द भएका छन्, शेयर बजार र व्यवसायलाई हल्लाइदिएको छ– विशेष गरी एयरलाइन्स ।
कोरोनाभाइरसबाट प्रभाविता फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरु बन्द गरिएका छन् ।
फ्रान्सले अति जरुरी बाहेकका व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले एक कदम अगाडि गएर मानिसहरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छोड्न प्रतिबन्ध लगाएको छ ।
जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा सोमबारदेखि कडाई गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्