राजनीति

कांग्रेस नेता जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै, मृत्यु भएको छैन

नेपाली काङ्ग्रेसका नेता नवीन्द्रराज जोशी

नेपाली काङ्ग्रेसका नेता नवीन्द्रराज जोशी

बुधबार विहानै फेसबुकहरुमा नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधनका खबर आए र शुभचिन्तकहरुले श्रद्धाञ्जली व्यक्त गरे । तर उहाँ उपचाररत नर्भिक अस्पतालले भने उहाँको जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको र भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको विज्ञप्ति जारी गर्यो ।



गत फागुन १४ गते मस्तिष्कघातपछि उहाँको नर्भिक अस्पतालमा उपचार भैरहेको छ । अस्पतालका कम्युनिकेसन तथा पिआर प्रमुख सोमनाथ बाँस्तोलाले उहाँको अवस्था गम्भीर रहेको र ‘भेन्टिलेटरमा राखेर उपचार जारी रहेको बताउनुभएको छ ।

डा. बाँस्तोलाले बुधबार बिहान विज्ञप्ति जारी गरी आफैंले श्वासप्रश्वास गरेपछि केही दिन भेन्टिलेटरको सपोर्टबिना राखिएको थियो । अवस्था बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेका छौं । हाल भेन्टिलेटरमै उहाँको उपचार जारी छ ।

विज्ञप्तिमा केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको तर अहिले भने अवस्था गम्भीर भएको जनाइएको छ । “आफैँले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको ‘सपोर्ट’बिना नै राखिएको थियो तर अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो । हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौँ । उहाँको अहिले अवस्था गम्भीर रहेको छ ।”

सम्बन्धित खबर

Back to top button