डोरीले बाँधिएको अवस्थामा कर्णाली किनारमा रजनीको शव फेला
गत फागुन २४ गते आमासंगै कर्णालीमा हामफालेकी आठबीस नगरपालिका–३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ । रजनीको शव मङ्गलबार दैलेख प्रहरीले कर्णाली नदी किनारमा अछामको असाराघाट नजिकै भेटेको हो ।

२४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हामफालेका थिए । बालिकाको शव डोरीले बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षकले सडिसकेको अवस्थामा शव भेटिएको र आफन्तले शवको पहिचान गरेपछि परीक्षणका लागि अछाम पठाउने तयारी गरिएको जानकारी दिनुभयो ।
पैँतीस ३५ वर्षीय आमा सुकु, १४, ११ र पाँच वर्षीया छोरीहरू कल्पना, सरिता र रजनी तथा आठ वर्षीय छोरा ललितले कर्णाली नदीमा हामफालेका थिए । आमा सुकीसहित दुई दिदी र दाइको शव फागुन २५ गते भेटिएको थियो । चारै जनाको दाहसंस्कार भइसकेको छ ।