राजनीति
रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित
उपराष्ट्रपतिमा सत्ता गठबन्धनका दुई उम्मेदवारमध्ये जनता समाजवादी पार्टी (जसपा(का उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको छ । यादव ३० हजार ३२८ मतभारका साथ निर्वाचित हुनुभएको हो ।
यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थनमा ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए ।
यसै गरी नेकपा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिए भने जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए ।
उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता छन् । र, संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।





प्रतिक्रिया राख्नुहोस्