जन सरोकार

एपीएफ टोलीद्वारा लागूऔषधसहित विविध अवैध सामान सहित पक्राउ

मोरङ जिल्लाको बीराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको नम्बर १ ढाटबाट चैत्र ४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बेलवारी नगरपालिका ४ बस्ने २१ वर्षिय विपिन क्षेत्री छन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले निज क्षेत्रीलाई शंका लागि जाँच गर्दा उनको साथमा फेनारगन ४ एम्पुल, डाईजाल्याव ४० एम्पुल, लुपिजेसिक ४० एम्पुल र एभिल ४० एम्पुल फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेल उनको साथबाट एउटा मोवाईल सेट समेत बरामद गरेको छ । पक्राउ परेका निज क्षेत्रीलाई एपीएफ टोलीले बरामद लागूऔषध तथा उक्त मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

त्यस्तै झापा जिल्लाको मेचीनगर नगरपालिका ६ सतिघरबाट चैत्र ५ गते एपीएफ टोलीले करीव पाँच लाख ५५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सामान बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको सुपारी, छोकडा र विभिन्न किसिमका औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ५६ गुल्म कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले चैत्र ५ गते करीव दुई लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० स्थित भुजेलाबाट बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.