जापान

बिपीको ‘आत्मवृतान्त’ जापानी भाषामा प्रकाशनले गति लियो

कविकिरण न्यौपाने जापान

नेपाली राजनीति र साहित्यका शिखर पुरुष बिपी कोइरालाको लोकप्रिय कृति ‘आत्मवृतान्त’ जापानी भाषामा प्रकाशन गर्ने कार्यले गति लिएको छ । आत्मवृतान्त जापानी पाठकमाझ चिनाउने उद्देश्यले डा सुदीप अधिकारीको संयोजकत्वमा डा विश्वराज कँडेल र सन्जिता श्रेष्ठ सदस्य रहेको ‘ विपिको कृति अन्तर्राष्ट्रियकरण तथा व्यवस्थापन समिति’ गठन गरिएको थियो ।

उक्त कृति करिव ३ सय पेज प्रकाशनका लागि जापानमा भाषा अनुवादको काम अन्तिम चरणमा पुगेको बताइएको छ । जापानमा प्रथम संस्करण ३ हजार प्रति छपाइने छ भने पुस्तकको मुल्य २ हजार ५ सय येन नबढाई तय गरिने उक्त समितिका सदस्य डा विश्वराज कँडेलको भनाई छ ।

पुस्तक प्रकाशनका लागि ३ हजार प्रतिको ७५ लाख येन खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको उहाँले बताउनुभयो । जापानमा पुस्तक प्रकाशनमा गुणस्तरमा पनि ध्यान दिनपर्ने भएकोले लागत केही बढन सक्ने छ ।

जापानमा नेपालीको मात्रै ३ हजार भन्दा बढी रेष्टुरेन्ट तथा व्यवशाय रहेकोले प्रत्येकले १ थान पुस्तक किनिदिए पनि पुस्तक प्रकाशनको खर्च उठ्ने उहाँले बताउनुभयो । त्यस वाहेक पुस्तक किनेर जापानीलाई उपहार प्रदान गर्न पनि सकिने उहाँ बताउँनुहुन्छ ।

पुस्तकलाई सबैको साझा बनाउनका लागि बिपीको आत्मवृतान्त प्रवर्द्धन सल्लाहकार समिति समेत गरिएको छ । जस्मा जापानमा रहेका राजनैतिक संगठनका प्रमुखहरु, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधीहरु रहेका छन् । जस्मा जापानका लामो समय रहेका संघीय सांसद रहेका डा सुर्य पाठक, एनआरएनए आईसिसि पूर्व अध्यक्ष भवन भट्ट लगायत विभिन्न तह र तक्काका व्यक्तित्वहरू रहेको बिपीको कृति अन्तर्राष्ट्रियकरण तथा व्यवस्थापन समिति’ का संयोजक डा सुदिप अधिकारीले बताउनुभयो ।

यो पुस्तक कुनै राजनीतिक पार्टीको मात्र नभएको अधिकारीले बताउनुभयो । बिपी साहित्यिक व्यक्तित्व समेत भएको र यस पुस्तकले जापानीहरुलाई नेपाल र नेपाली चिनाउन सहयोगी बन्ने डा अधिकारीको तर्क छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.