साहित्य

गजल

– गृष्मा पौड्याल

 

 

 

 

 

जिन्दगीको जुनै मोडमा आउन सक्छौ तिमी,
जीन्दगीमा सधैं भूकम्प ल्याउन सक्छौ तिमी

विश्वासको धरहराहरू चर्किएको दिन नै
मेरो जिन्दगीबाट फेरि हराउन सक्छौ तिमी

टालिटुली जतनले राखिएको ऐनामा पनि
वसन्त देखिन भन्दै थर्काउन सक्छौ तिमी

फूलमा पुतलीहरूको नि भरोसा भएन भन्दै
शरद ऋतुहरूमा पनि थरथराउन सक्छौ तिमी

सबै कुरा थेग्न म मात्र कहाँ सक्छु र प्रिय
अर्को भूकम्प आउनु अघि बिलाउन सक्छौ तिमी

हाल, टोकियो, जापान

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.