जन सरोकार

क्वारेन्टाइनलाई आवश्यक परे एकल महिलाको ‘छहारी’ भवन उपलब्ध

एकल महिला समूहले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्दा ३६५ जनालाई क्वारेन्टाइनमा राख्न सकिने विभिन्न ‘छहारी’ भवन उपलब्ध गराउने भएको छ । समूहका संस्थापक अध्यक्ष लिली थापा र अध्यक्ष कुन्दा शर्माले शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटी सो जानकारी दिएको हो ।

समूहले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेललाई आफ्ना १० ‘छहारी’ भवन उपलब्ध गराउन तयार रहेको अवगत गराएको हो ।

समूहले सुनसरी, झापा, धनकुटा, सङ्खुवासभा, काठमाडौंँ, काभ्रेपलाञ्चोक, चितवन, धादिङ, सुर्खेत र कैलालीमा रहेका ‘छहारी’ भवन बनाएको छ । सो अवसरमा रक्षामन्त्री पोखरेलले अहिलेको अवस्था सजग रहने मात्रै भएको बताउँदै परेका खण्डमा राज्यका सबै संयन्त्र प्रयोग गरेर कोभिड–१९ विरुद्ध काम गर्न सरकार तम्तयार रहेको दृढता व्यक्त गर्नुभयो ।

उहाँले सरकारले विश्वव्यापी महामारी बनेको कोभिड–१९ बाट जोगिन हरेक उपाय अवलम्बन गरेको उल्लेख गर्दै आतङ्कित नहुन र सरकारमाथि विश्वास गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.