भारत र जापानका प्रधानमन्त्रीबीच छलफल, के भयो कुराकानी ?
प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच सोमबार विश्व राजनीतिमा घटेका नयाँ घटनाक्रमका बारेमा छलफल भएको छ । भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्राले सोमबार भारतमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो बारे जानकारी गराउनु भएको हो ।

उहाँले दुई नेताहरूले भारत, जापान र अन्य समान विचारधाराका देशहरूले विशेष गरी वर्तमान चुनौतीहरूलाई सम्बोधन गर्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारे छलफल गरेको जानकारी दिनु भएको छ ।
भेटमा दुई नेताबीच यस क्षेत्रमा चीनको बढ्दो आक्रामकताबारे छलफल भएको हो भन्ने प्रश्नको जवाफमा क्वात्राले भन्नुभयो- मैले उल्लेख गरेझैं दुई नेताले हाम्रो क्षेत्र र विश्वव्यापी रूपमा भइरहेको घटनाक्रमका बारेमा पनि कुरा गर्नु भएको थियो । ती छलफलहरूमा उहाँहरूले यस क्षेत्रमा हामीले सामना गर्ने चुनौतीहरूको बारेमा कुरा गर्नु भएको छ ।
भारत र जापान र अन्य समान विचारधारा भएका देशहरूले ती चुनौतीहरूलाई सम्बोधन गर्न कसरी एकसाथ काम गर्न सक्छन् भन्ने बारे पनि छलफल भएको क्वात्राको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्