जन सरोकार

आफ्नै छात्रामाथि यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

चितवनमा आफ्नै छात्रालाई यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् । समाचार अनुसार यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार घटना भएको चार दिनपछि चैत ३ गते छात्राकी आमाले इलाका प्रहरी कार्यालय माडीमा आशय करणी अन्तर्गत किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि प्रहरीले लामिछानेलाई पक्रेको हो ।

फागुन २९ गतेको यो घटना विद्यालयभर फैलिएपछि आक्रोशित विद्यार्थीहरूले शिक्षक लामिछानेलाई विद्यालयमा नै मोसो दलेका थिए । विद्यार्थी आक्रोशित बनेपछि विद्यालय व्यवस्थापन समितिले बैठक डाकेर घटना मिलाउन सर्वदलीय संयन्त्र बनाएको थियो ।

माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण पौडेल सहितले शिक्षक लामिछानेले पटकपटक उही क्रियाकलाप दोहोर्‍याएकाले विद्यालयमा पढाउन दिन नसक्ने भन्दै नगर शिक्षा समितिलाई पत्रसमेत लेखेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button