कर्पोरेट/पर्यटन

मलेसियामा नेपालको पर्यटन प्रवद्र्धन

मलेसियाबाट नेपालमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने उद्देश्यले क्वालालम्पुरमा नेपालको पर्यटन प्रवद्र्धन गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा पर्यटन व्यवसायीको टोली त्यसतर्फ प्रस्थान गरेको छ । मलेशियन एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (माट्टा) ले यही मार्च २२ देखि २४ सम्म सञ्चालन गर्ने अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला ‘माट्टा फेयर २०२४’ मा सहभागी हुन नेपाली पर्यटन व्यवसायी क्लालाम्पुर गएका हुन् । नाट्टाको संयोजकत्वमा १४ पर्यटन व्यवासयी कम्पनीसहितको टोली मलेशिया गएको संस्थाले विज्ञप्तिमार्फत जनाएको छ ।

मेलामा नाट्टाका अध्यक्ष रमेश थापा, वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, कोषाध्यक्ष राजकुमार देवकोटा तथा कार्यकारी सदस्य एवं माटा फेयरका संयोजक सुरेश अंगाइलगायत १४ पर्यटन व्यवसायी कम्पनीका प्रतिनिधि सहभागी रहेको नाट्टाले जनाएको छ ।

विगतमा नेपाल पर्यटन बोर्ड तथा नाट्टाको संयुक्त संयोजकत्वमा नेपाली पर्यटन व्यवसायीले यस्ता अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलामा सहभागिता जनाउने गरेका थिए । नाट्टाले अघिल्लो महिना स्पेनको मेड्रिड र बङ्गलादेशको ढाकामा सम्पन्न व्यापार मेलामा सहभागिता जनाइसकेको छ ।

मलेशिया नेपालका लागि आन्तरिक तथा बाह्य पर्यटनको उदयमान पर्यटन बजारको रुपमा परिचित छ । विशेषतः बिदा पर्यटन, सांस्कृतिक तथा धार्मिक पर्यटनका लागि मलेशियन पर्यटक नेपाल आउने गरेका छन् । पछिल्लो समयमा कैलाश मानसरोवर यात्राका लागि हिन्दू धर्मावलम्बी मलेशियाबाट नेपाल आउनेक्रम बढिरहेको नाट्टाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नाट्टाका अध्यक्ष थापाले संस्थाको पहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको प्रतिनिधित्व गरिरहेको र व्यवसायीलाई प्रोत्साहन गरी पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.