राष्ट्रपति भण्डारीलाई ढाकामा भव्य स्वागत, २१ तोपको सलामी

दुईदिने राजकीय भ्रमणका त्रलममा राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजधानी ढाका पुग्नुभएको छ । उहाँलाई ढाकास्थित हजरत शाहजालाल विमानस्थलमा बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले स्वागत गर्नुभयो भने उहाँको सम्मानमा स्थल, जल र वायु सेनाले २१ तोपको सलामी दिएको छ ।
भण्डारीको स्वागतमा विमानस्थलमा बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जावेद मलेक्यु, रेलमन्त्री नरुल इस्लाम, विदेश राज्यमन्त्री साहरियार आलम लगायत उपस्थित थिए ।
बंगलादेशका राष्ट्रिय पिता बंगलाबन्धुको सयौं जन्मजयन्तीका अवसरमा आयोजना गरिने विशेष समारोहमा सहभागी हुन बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणामा उहाँ बंगलदे जानुभएको हो ।
भ्रमणका क्रममा दुई देशबीच औपचारिक छलफल हुनेछ भने केही सम्झौताहरुमा हस्ताक्षर हुने कार्यक्रम छ । पछिल्लो समय बंगलादेश नेपालका विद्युत खरीद गर्न निकै उत्सुक रहेको छ भने पारवहन सुविधाका लागि पनि बंगलादेश तयार छ ।
प्रतिक्रिया राख्नुहोस्