कला/मनोरन्जनकलिउड

एउटै झोलुङ्गे पुलमा सकियो ‘चाँदनी’ (भिडियोसहित)

काठमाडौंँ । गायिका ममता गुरुङ र डा. डिआर उपध्यायको स्वर रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ । गीतमा गायक उपध्यायको शब्द तथा संगीत छ ।

५ मिनेटभन्दा लमो गीतको म्युजिक भिडियो एउटै झोलुङ्गे पुलमा छायांकन सकिएको छ । सम्भवतः एउटै पुलमा पुरै म्युजिक भिडियो छायांकन भएको यो पहिलो हो ।

रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा कामृद्धि श्रेष्ठको अभिनय देख्न सकिन्छ । श्रेष्ठलाई मोडलिङमा गीतकार उपध्यायले नै साथ दिएका छन् ।

भिडियोको निर्देशन समेत उपाध्यायले गरेका हुन् । उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन भिडियोमा छ । गीतमा संगीत संयोजन पुरुषोतम सुवेदीको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button