अर्थ

आज सुनको मूल्य हिजोभन्दा तोलामा दुई हजार कम

आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँले घटेर छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै आज छापावाल सुनको मूल्य घटेको छ भने तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको छ । आज चाँदीको मूल्य १३ सय ३५ रुपैयाँ मा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.